This gave me a good laugh.Thought this is worth sharing .
🙂🙂🙂 स्याङ्जालि हो नि🙂🙂🙂
काठमाडौंमा बस्ने एउटा स्याङ्जालीले काेराेनाकाे डरले, क्वारेन्टाइनका लागि भनेर श्रीमती र छाेराछाेरीलाई गाउँ पठाएछ । अाफू काठमाडौंमै बसेछ ।
त्यसकाे १ हप्तापछि घर अामालाई फाेन गरेछ ।
*****
ऊ – अामा ! ढाेउ अरेँ । क्यार्नुभछ ?
अामा – लउ भाग्गेमानी भएस् चिरञ्जीवी रहेस् ! क्यार्नी र बाबु ! ई तेरा छम्डाले अाेहाेरै अजार पारे ! ठुस्स बस्नी फुर्सत् छैन ।
ऊ – पहिला त नातिनातिना घर राखेनस् भन्तेउ र नि ! के भअाे ?
अामा – ए मेराे बा ! कइले कतना देउथाखेरि पाे देउताअाे गाइजस्ता लाम्नीरच, भाे ! बाँदरका बथानभन्दा कम रइन्चन् ! याे कुनाँड ताे कुनाँ, ताे खेताड याे गराँ । धर्म, एउछिन् अडिन्नन् केरे घराँ ! कइले घुँडाे लेसारेर अाम्चन्, कइले मुन्टाे जाेतेर अाम्चन् !
ऊ – अनि बुहारी खाेइ त ?
अामा – भान्साँ गइछ । अाएदेखि पकाैडा पकाम्चु भन्चे, बन्दा र अाटाअाे राइँदालाे अरिछे । गाेडा पाँचेक दिन भअाे, पकाैडा भन्दा अपुर्थाेक केही उसिन्न जानेकी रइन्च एल्ले ! स्वास्नी त मागेरै बिया अरेका अनेक्का हुन्ते, यस्ता लम्मरी(लभ म्यारिज) अरेर ल्याका केटी त तेति काम लाउनी नहुनि रचन् !
ऊ – हाे र ?
अामा – भाे के कुरा अर्नी ? ताे पकाैडा कि के जाति भन्ती । तेइ जाँठाे फुरेउला पकाम्नी त रच । फुरेउला उराल्नी र चउबिसै घन्टा माेबाइलाँ घाेउटिनीबाहेक अपुर्थाेक तेरी स्वास्निले सिन्काे भाँच्न जान्दिन रचे बाबै !
ऊ – खाली खेदाे खन्चेउ बुहारीकाे, केही त गतिलाे बाेल अामै !
अामा – नकरा जाेइटिङ्ग्रे खञ्चरी ! हल, चाहा भने अाेहाेर मिठाे बनाम्चे । ताे चियामसला कि के हाल्दिरचे, दूध अल्लि बढी दिउराँ हाल्चे चियापत्ति खन्याम्चे अन्त्याँछि भउभउति उमाल्चे । अँसि, माने गिलासाँ भाेरी पारेर चिया खानुस् अामा भनेर दिन्चे, ए बा ! यति मिठाे चाहा त एई केटि अासी मुखाँ पराे !
ऊ – अनि अहिले कता छ त बुहारी ?
अामा – टिउटाे कि के जातियाँ भिडियो बनाम्चु भनेर कइले बारियाँ गअर नाचिछ, कइले अाउनाँ किचकन्नि हाँसेझैँ हाँसिछ, देख्निले नि बाेउलाइच भन्चन् कि बाबु !अल्लि ढाेटे छ, उति दाेर्दिन । तर दिमाखिलि छ हाेइ । यल्लाई बर्षदिनेक ह्याइँ राखेर सिकाम्नि हाे भने बुटाे बुटाे पात पात चालेर नि खान्ति,, बिच्छी हुन्ति !!
ऊ – ह्या, छाेड्देउ अामै ! अामाछाेराका बात अरम् के ! नातिहरू कस्ता मान्नुभअाे त ?
अामा – ताे काठमान्नुअाँ बियानै कुखुराे बेल्कै कुखुराे ख्वाम्दाे रचस् बरा । हेर्दा राम्रा, भित्र भित्रै कुपुतुम्मा । सारइ कमजाेरि । लिस्नाे चढेर झरे भने सास फुलेर फ्याँ फ्याँ अरिहाल्नी, सारै बइराक भअरचन् ।
ह्याँ अासी लैनाभैँसीअाे दूध, कनिका परेअाे घिउ, ठुलाखेतका मकैकाे सातू पेटाँ परेताे, पाँचै दिनाँ बउरिसके । ताे अनाहार नि कति सर्साम्दाे देखियाेछ ।
ऊ – सारै दुःख त दिएछैनन् कि अामै ?
अामा – भाे बाबु कुरा नअर !
अलि गतिला पन्नित बाेलार इन्का नउगरहे साेस्ती सान्ति नअर्दिनिहाे भने, कता गअर कसकाे खाेत्तिए फाेर्चन् कि भन्नी जउजगी भअाे ! कुन दिन बङ्ङारा फुत्किनीअरि थप्पराम्चन् केरे अपुरले ।
कइले कमिलाका पाेलाँ ढुङ्गा हानेयाछन्, कइले गाेठाँ गअर बाेकाअाे टाङमुनि छामेयाछन्, कइले बाटाइम्दै गअर कुकुरअाे छाउराे काँधाँ बाेकेर ल्याम्चन् र घिउ काेचाम्चन् ! ए बा, भाे ! चार चउखन्ड जन्मियारचन् !
ऊ – अनि, भात खानुभअाे ? सन्चाे बिसन्चाे के छ ?
अामा – भात खाकाे उन्ताकै हाे, सन्चाे बिसन्चाे त के हुनी ? तेरा जिलाहर्काे पछि लाम्दै जिन्नकी जानिभअाे !
भित्र बसम्, बाहिर ट्वाइँय पार्चन्, लउ कस्काे खप्पर फाेरे भनेर बाइर अाम्चु । मिर्गले छड्के हानेझइँ उत्तिखेरै काँ पुउचन् पुउचन् । हिजाे दैलामुनियाँ घाँस काट्चु भनेर गइथिएँ, अाटियाँ चडेर हिजै ब्यान पकाम्न हालेया काँचाकेरा फस$$$फस भार्सेले झइँ जतिभाकाे खाअाचन् । बाक्के र बिक्के अरेर साेहाेर्नकाे हैरान् ! उँधै पनि उहैँ पनि अर्नीहुन् कि भन्नाअाे पिरलाे गाँठे!
😆😆 ए बीरीन्दावनका सीरि किरिस्न भगुमान्का लिला ! चउरास् छ बाबू चउरास् छ 😆😆😆
copied
The post Syangjali honi appeared on Nepal123.com.
No comments:
Post a Comment